अमरनाथ यात्रीहरूको चौथो समूह जम्मूको आधार शिविरबाट प्रस्थान

00-1-Amarnath._858-2

जम्मू: जम्मूको आधार शिविरबाट अमरनाथ यात्रामा सामेल हुनका लागि ४७५८ तीर्थ यात्रीहरूको चौथो जत्था सोमवार २२३ वाहनहरूमा सवार भएर प्रस्थान भयो। जम्मूको आधार शिविरबाट १७२८ यात्रीहरू ९६ वाहनहरूमा सवार भएर बालटालको लागि प्रस्थान भए तथा ३०३० यात्रीहरू १२७ वाहनहरूमा सवार भएर पहलगामको लागि प्रस्थान भएका छन्। तीर्थ यात्राको लागि अहिलेसम्ममा ३.५ लाखभन्दा अधिक मानिसहरूले आफ्नो अनलाइन पञ्जीकरण गराएका छन्। यस वर्ष अमरनाथ यात्रा ६२ दिनसम्म हुनेछ। गत १ जुलाईदेखि शुरू भएको यो यात्रा आउँदो ३१ अगस्तसम्म जारी रहनेछ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement