महारानी बालिका विद्यालयको भवन जीर्ण अवस्थामा

photocollage_202373232856605.jpg

दार्जिलिङ: दार्जिलिङको प्रतिष्ठित शैक्षिक संस्थान महारानी बालिका माध्यमिक विद्यालयको कक्षा ९-मा विद्यार्थीहरू कक्षा कोठाको छत भत्किँएको छ। यसरी भत्कदा भाग्यले जोगिएका छन् कक्षा नौको विद्यार्थीहरु। विद्यालयको सिलिङ (छाना) जीर्ण भएकाले विद्यार्थीहरूलाई गत शुक्रबार मात्र शिक्षिकाले त्यो कोठाबाट अन्यत्र नजिकैको अर्को कोठामा सारेका थिए। विद्यालयकी शिक्षिका उमादेवी छेत्रीले घटनाबारे दिएको जानकारी अनुसार दिउँसो लगभग १२.३० बजे आफु पढाउँदै गरेको कक्षाकोठा नजिकैबाट ठूलो आवाज आएको सुनेर त्यहाँ पुगेर हेर्दा कक्षाको सिलिङसँगै छाना खसेको देखिन् केही दिनअघि बाल-बालिकालाई त्यहाँबाट अर्को कक्षामा सारिएको मात्र होइन तर छतबाट बिजुलीको तार झुण्डिएको देखेपछि आज बिहान मात्र त्यो कक्षाकोठामा कोही पनि विद्यार्थी पस्न नसकोस् भनेर कोठामा ताला लगाइएको तिनले बताइन्।

About Author

Advertisement