मुम्बई: महाराष्ट्रको राजनीतिका चाणक्य मानिने शरद पवारको राष्ट्रवादी कांग्रेस पार्टी (राकांपा)ले दिनको घटनाक्रमपछि अबेर राति करिब एक बजे विधानसभा अध्यक्ष राहुल नार्वेकरको आवासको दैलो ढकढकायो। राकांपाले उप मुख्यमन्त्री अजित पवारसहित नौ विधायकको सदस्यतालाई अयोग्य ठहर गर्नुपर्ने माग गर्दै याचिका दर्ता गरेको छ। याचिकामा अजितका साथै मन्त्री पदको शपत लिने आठ अन्य सदस्यहरूलाई अपात्र घोष्ज्ञित गरिनु पर्ने माग गरिएको छ।
यो याचिका राकांपा नेता जीतेन्द्र आव्हाडले दर्ता गरेका हुन्। आव्हाडले पत्रकारहरूलाई भने, ‘केही समयअघि अध्यक्षलाई अपात्रता याचिका सुम्पिएको छ। यसको एक प्रति ई-मेलद्वारा पनि पठाइएको छ। यसपछि विधानसभा अध्यक्षलाई फोन गरे। उनले फोन उठाएनन्। म्यासेज पनि पठाए। यसको एक प्रति व्हाट्स एपमा पनि पठाइएको छ। अपात्रता याचिका व्यक्तिगत रूपमा दिने व्यवस्था गरिएको छl’ राकांपा प्रदेश अध्यक्ष जयन्त पाटिलले भने, ‘अजित पवारसहित नौ विधायकले पार्टी अध्यक्षलाई सूचना नदिई अनि पार्टीका नीतिहरूको उल्लंघन गर्दै मन्त्री पदको शपत लिएका छन्। नौ विधायक पार्टीको हुन सक्दैनन्। उनीहरू विरूद्ध कारबाहीको निम्ति चुनाव आयोगलाई पनि पत्राचार गरिएको छl अनुशासन समितिलाई पनि पत्र लेखिएको छ। सम्बन्धित सदस्यहरूलाई पनि अपात्रताको नोटिस पठाइएको छ। यस सम्बन्धमा विधानसभा अध्यक्षले बोलाएको खण्डमा हामी भेट्न जानेछौंl’ –हिस