इंग्ल्याण्डले तेस्रो एशेज टेस्टको निम्ति मोईन अलीलाई टीममा राख्यो

00-1-Cricket

लण्डन: इंग्ल्याण्ड क्रिकेट बोर्ड (ईसीबी ले अस्ट्रेलिया विरूद्ध बिहीबारदेखि हेडिङ्गलेमा शुरू हुने तेस्रो एशेज टेस्ट म्याचको निम्ति अलराउण्डर खेलाडी मोईन अलीलाई टीममा राखेको छ। मोईन औंलामा चोटका दोस्रो टेस्ट खेल्न पाएका थिएनन् र उनको ठाउॅंमा जोश टोङलाई खेलाएको थियो। रेहान अहमद, जसलाई मोईनको प्रतिस्थापनको रूपमा टीममा बोलाइएको थियो, टीम बाहिर भएका छन्। आइतबार ईसीबीद्वारा जारी टीमको सूचीमा मेथ्यू पट्सलाई टीममा सामेल गरिएको छ। काँधमा चोट लागेको भए पनि ओली पोप टीममा सामेल छन्। उल्लेख्य, अस्ट्रेलियाले आइतबार लर्ड्समा एक्शनले भरपूर दोस्रो एशेज टेस्ट ४३ रनले जितेर सीरीजमा २—० को बढत बनाएको छ।

तेस्रो टेस्ट म्याचको निम्ति इङ्गलिश टीम यस प्रकार छन्ः

बेन स्टोक्स (कप्तान), मोईन अली, जेम्स एन्डरसन, जोनाथन बेयरस्टो, स्टुअर्ट ब्रड, हेरी ब्रुक, ज्याक क्रली, बेन डकेट, डेन लरेन्स, ओली पोप, ओली रबिन्सन, जो रूट, जोश टङ, क्रिस वोक्स, मार्क वुड। -हिस

About Author

Advertisement