गूगल म्यापबाट बाटो खोजिरहेका तीन युवकलाई नदीले बगायो, दुई बेपत्ता

00-1-River-Rep-Image-copy-1

गिरिडीह: मुफ्फसिल थाना क्षेत्र बरगंडास्थित पुरानो पुल छेउ गुगल म्यापको सहयोगमा बाटो खोजिरहेका तीन युवकलाई उसरी नदीको पानीले बगाएको छ। तीन मध्ये एक युवक बाहिर आउन सफल भए, तर अन्य दुईलाई बगाएको छ। सोमवार बिहानदेखि हराएका दुवै युवकको खोजी शुरू गरिएको छ। जानकारीअनुसार, आइतबार राति हजारीबागका तीन युवक आनन्द चौरसिया, मनीष मेहता र शंकर कुमार मेहता बेंगाबादबाट घर फर्किरहेका थिए। उनीहरू बाइकमा थिए र गूगल म्याचको सहयोगमा हिडिरहेका थिए। गिरिडीह कलेजपछि म्यापले दुईवटा बाटो देखाएपछि उनीहरू पुरानो पुलको बाटो भएर अगाडि बढ्न थाले। यहाँ निर्माण कार्य चलिरहेको थियो र उनीहरूले बाटो पाएनन्। शंकर बाइकबाट झरेर नदीको पानी नाप्न थाले र यसै क्रममा उसलाई पानीले बगायो। शंकरलाई बगाएपछि दुवै साथी आनन्द र मनीष पनि नदीमा हाम फाले। उनी दुईलाई पनि नदीको पानीले बगाए। शंकर पौडी खेलेर बाहिर निक्लिए, तर मनीष र आनन्द बेपत्ता भए। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement