मन्त्री नेपालद्वारा गेजिङमा अस्पतालको नव निर्मित प्रशासनिक भवनको उदघाटन

गान्तोक। आज राज्यका कृषि विभागीय मन्त्री लोकनाथ शर्माले गेजिङ जिल्ला अस्पतालमा निर्मित नव प्रशासनिक भवन साथै अतिरिक्त सेवा कक्षाको उद्घाटन गरे। नेशनल एक्सन प्लान अर ड्रग डिमाण्ड रिडक्सन अन्तर्गत यहाँ विभिन्न दुर्व्यसनहरूको उपचार सम्पन्न हुनेछ। उद्घाटन पछि मन्त्री शर्माले जिल्ला अस्पतालको प्रेक्षगृहमा अस्पताल प्रशानसँग एक बैठक गरे। अस्पतालले रोगीहरूलाई पुर्‍याइरहेको विभिन्न सेवा साथै थप आवश्यकताहरूबारे पनि उनले जानकारी लिए।

वर्तमान राज्य सरकारले स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर कार्य गर्दै आइरहेको अनि सम्पूर्ण उपचारहरू सिक्किममा नै उपलब्ध गराउने हेतुले द्रुत गतिमा कार्य गरिरहेको बताए। यसका साथै जिल्ला अस्पताललाई सम्पूर्ण सुविधायुक्त बनाउनको निम्ति सरकारले कार्य गर्ने पनि मन्त्री शर्माले बताए। यस क्षेत्रका जनतालाई अझ उच्चकोटीको स्वास्थ्य सेवा दिनको निम्ति कार्य गर्न सबै स्वास्थ्यकर्मीलाई मन्त्री शर्माले आग्रह गरे। यसको साथै आजदेखि शुरु भएको थप स्वास्थ्य सेवाको निम्ति मन्त्री शर्माले क्षेत्रवासी अनि जिल्ला अस्पतालका सबै स्वास्थ्यकर्मीलाई बधाई दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement