अन्तर्राष्ट्रिय गुरुङ सम्मेलन देन्ताममा आयोजना गरिने

गान्तोक। सिक्किमेली गुरुङ (तमु) समुदायमा शीर्ष समिति ‘गुरुङ एसोसिएसन अफ् सिक्किम’ (गुराँस)- को प्रतिनिधि टोलीले मुख्यमन्त्री प्रेम सिंह गोलेसँग मिन्तोगाङमा आइतबार बेलुकी भेटघाट गरेर आफ्नो समुदायको हितमा विभिन्न विषयमाथि परिचर्चा गरेका छन्। गुराँसका अध्यक्ष पीएम गुरुङको नेतृत्वमा गएको प्रतिनिधि टोलीले मुख्यमन्त्रीलाई गुरुङ भाषा शिक्षकहरुले भोग्न परिरहेको समस्याबारे विस्तृत जानकारी गराउँदै यसको समाधान गरिदिने माग चढाए। उक्त मागलाई मुख्यमन्त्रीले सुनेपछि गुरुङ भाषा शिक्षकहरुको समस्यालाई सकारात्मक पहल गरिदिने आश्वासन दिएका छन्। भेटको क्रममा मुख्यमन्त्रीले गुरुङ समुदायको साँस्कृतिक र भाषिक अनि जातिय उत्थानको क्षेत्रमा सरकारले कार्य गरिरहेको अनि भविष्यमा सरकारको तर्फबाट अझै के गर्न सकिन्छ भन्ने त्यो पनि पूरा गर्ने विश्वास दिलाए।

गुरुङ एसोसिएसन अफ् सिक्किमले राखेको प्रस्तावलाई मुख्यमन्त्रीले समर्थन जनाउँदै आउँदो अन्तर्राष्ट्रिय गुरुङ सम्मेलन गेजिङ जिल्लाको देन्ताममा आयोजना गरिने निर्णय गरिएको छ।

About Author

Advertisement