मंगन जिल्लामा स्वच्छ विद्यालय पुरस्कार समारोह सम्पन्न

गान्तोक। मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आज स्वच्छ विद्यालय पुरस्कार समारोह आयोजना गरियो। उक्त अवसरमा मंगन जिल्लाका जिल्लापाल डा. एबी कार्की मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विभिन्न विद्यालयका प्रमुख साथै शिक्षकवर्गको पनि उपस्थिति रहेको थियो। उक्त अवसरमा समग्र र उप विधामा जिल्लास्तरीय पुरस्कार प्रदान गरिएको हो। जिल्लाका ७ विद्यालयलाई समग्र विधामा र १२ विद्यालयलाई उपविधामा पुरस्कृत गरियो। अवार्डको सूचीबाट १० विद्यालयले राज्यस्तरमा प्रतिस्पर्धा गर्नेछन् र राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्नेछन्। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल कार्कीले विजयी हुने विद्यालयलाई सरकारले जिल्लाकै उत्कृष्ट विद्यालयको मान्यता दिएकोमा बधाई दिँदै मंगन जिल्लाका लागि ठूलो उपलब्धि प्राप्त भएको बताए। उनले शैक्षिक क्षेत्रको विकासका विविध आयामको उल्लेख गर्दै विद्यार्थी र प्रशासनबीचको खाडललाई कम गर्न विभिन्न गतिविधि सञ्चालन

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *