राज्यपालले भेटे दिवङ्गत भाजपा नेताका परिवारलाई

IMG-20230701-WA0160.jpg

कूचबिहार: राज्यपाल सीभी आनन्द बोस आज दिनहाटाको शिमुलतलामा मृतक भाजपा नेता प्रशान्त राय बसुनियाको घरमा पुगेर तिनका परिवारका सदस्यहरूसित भेटघाट गरे। गत २ जुनमा शिमुलतलामा भाजपा नेता प्रशान्त राय बासुनियारको घरमा गोली चल्दा तिनको मृत्यु भएको थियो। यस घटनामा तृणमूलका बदमाशहरू सामेल रहेको भाजपाको आरोप रहेको छ। यो घटनाको लगभग एक महीनापछि आज राज्यपाल मृतक भाजपा नेताको घरमा गएर तिनका परिवारका सदस्यहरूसित भेट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement