नयाँ दिल्लीमा सिक्किमका राज्यपाल अनि केन्द्रिय शिक्षामन्त्रीकाे भेट

SIK-1024x701.jpg

नयाँ दिल्ली: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज नयाँ दिल्लीमा केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानसँग शिष्टाचार भेट गरे। यस सौहार्द्रपूर्ण भेट अवधि राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिक्किम राज्यको शिक्षा क्षेत्रमा विकास अनि उन्नतिको निम्ति गरिएको महत्वपूर्ण विषयहरूमाथि व्यापक चर्चा-परिचर्चा गरे। यस भेट अवधि विशेष गरेर उच्च शिक्षासँग सम्बन्धित विभिन्न विषयहरू, सिक्किममा केसर खेतीको विस्तार आदिबारे छलफल गरेको बताइएको छ। यस भेटले सिक्किम राज्यमा शिक्षाको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सहयोग प्राप्त हुने राज्यपाल आचार्यले आशा व्यक्त गरेका छन्।

About Author

Advertisement