मणिपुर: मोइरांगस्थित राहत शिविरमा हिंसा पीड़ितहरूसित भेट गरे राहुल गान्धीले

00-1-Rahul-Gandhi_735

इम्फाल: कांग्रेस नेता राहुल गान्धीले मणिपुरको बिष्णुपुर जिल्ला अधिनस्थ मोइरांगमा दुईवटा राहत शिविरहरूको भ्रमण गरी पीड़ितहरूको समस्या सुने। राहुल गान्धीको इम्फालमै बुद्धिजीवि औ नागरिक समाजका प्रतिनिधिहरूसित वार्ता गर्ने कार्यक्रम पनि छ। इम्फालदेखि हेलिकप्टरको माध्यमबाट शुक्रबार बिहान करिब साढ़े नौ बजे मोइरांग पुगेका राहुल गान्धीले यहाँ हिंसाको कारणले विस्थापित भएकाहरूको दुईवटा राहत शिविरहरूको भ्रमण गरे। भ्रमणावधि उनले हिंसा पीड़ितहरूसित भेट गरी उनीहरूको समस्या सुने। यी दुई शिविरहरूमा लगभग एक हजार पीड़ितहरूले शरण लिएका छन्। राहुल गान्धीसित मणिपुरका पूर्व मुख्यमन्त्री ओक्रम इबोबी सिंह, पार्टी महासचिव (संगठन) केसी वेणुगोपाल, पीसीसी अध्यक्ष के. मेघचन्द्र सिंह तथा पूर्व सांसद अजय कुमार पनि उपस्थित थिए। उल्लेखनीय छ, कांग्रेस नेता राहुल गान्धी दुई दिनको प्रवासमा गए बिहीबार मणिपुरको इम्फाल आइपुगेका थिए। उनले चुराचाँदपुरका राहत शिविरहरूको दौड़ाह गरेका थिए। यसपूर्व सड़क मार्ग भएर चुराचाँदपुर गइरहेको गान्धीको लस्करलाई बिष्णुपुर पुलिसले सुरक्षा कारणहरूले रेकोको थियो। त्यसपछि राहुल हेलिकप्टरको माध्यमबाट चुराचाँदपुर पुगेका थिए। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement