तराई निरपानीमा भाजपाबाट बिमल दर्जी लगायत अन्यहरू भागोप्रमोमा सामेल

IMG-20230528-WA0320-5-300x172-2

सिलगढीः च्यागा पानीघट्टा ग्राम पञ्चायत अन्तर्गत निरपानी बुथ नम्बर २५/८ भाजपाका उम्मेदवार बिमल दर्जी लगायत प्रणय छेत्री, बच्चु विश्वकर्मा अनि अन्यहरूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको झण्डा ग्रहण गरेर अबउसो भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई पञ्चायत चुनाउमा समर्थन गर्ने वाचा गरेको दाबी गरिएको छ।

भारतीय सेनामा १९ वर्ष देश सेवागरी अब अघिल्लो दिनहरूमा पञ्चायतमार्फत् सेवा गर्न चाहने विमल दर्जी निरपानी बस्ती शान्ति ग्राम निवासीलाई भाजपाले चुनाउमा उठाएर फेरि चुनाउ लड्न नदिएको कारण विरोध गर्दै क्षुब्ध बनेका छन्। आज क्षेत्रका मानिसहरू लिएर आफ्नो दुःखेसो पोख्दै उनीहरू निरपानी शाखाको पहलमा भागोप्रमोमा सामेल भएका छन्।

-हिस

About Author

Advertisement