तराई निरपानीमा बिजेपी पार्टीबाट बिमल दर्जी लगायत अन्यहरू भागोप्रमोमा सामेल

IMG-20230630-WA0156.jpg

सिलगढी: च्यागा पानीघट्टा ग्राम पञ्चायत अन्तर्गत निरपानी बुथ नम्बर २५/८ बिजेपी पार्टीका उम्मेद्वार बिमल दर्जी लगायत प्रणय छेत्री, बच्चु विश्वकर्मा अनि अन्य दमाई कल्याण संगठनकाहरुले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको झण्डा ग्रहण गरेर अब उसो भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई पञ्चायत चुनावमा समर्थन गर्ने वाचा गरेको दाबी गरिएको छ। असल व्यक्तित्वका धनी, भारतीय सेनामा १८ वर्ष देश सेवा गरी अब अघिल्लो दिनहरूमा पञ्चायतमार्फत् सेवा गर्न चाहने विमल दर्जी निरपानी बस्ती शान्ति ग्राम निवासीलाई भाजपाले चुनावमा उठाएर फेरि चुनाव लड्न नदिएको कारण भाजपाको यस्तो नीतिको विरोध गर्दै क्षुब्ध बनेका छन्।

आज क्षेत्रका सम्पूर्ण दमाई बन्धु बान्धवहरुलाई लिएर आफ्नो दुःखेसो पोख्दै निरपानी शाखाको पहलमा भागोप्रमोमा सामेल भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement