फीफा ऱ्यांकिंगः पाँच सालमा पहिलोपल्ट शीर्ष १००-मा पुग्यो भारत

IMG-20230630-WA0244.jpg

३० जूनः भारतीय फूटबल प्रशंसकहरूका निम्ति खुशीको खबर रहेको छ। फिफाद्वारा जारी ताजा वर्ल्ड ऱ्यांकिंगमा भारत शीर्ष १००-मा सामेल भएको छ। भारत यसअघि १०१ स्थानमा रहेको थियो। भारत पाँच साल अघि पनि शीर्ष १००-मा पुग्न सफल भएको थियो। भारतलाई यसपाली भुवनेश्वरमा भएको इण्टरकण्टिनेण्टल कपमा खिताबी जीतले फाइदा भयो। भारतले टुर्नामेण्टको फाइनलमा लेबनानलाई २-०-ले पराजित गरेको थियो। भारतको विपरीत फाइनलमा पराजित हुने लेबनान चाहिँ तीन स्थान झरेर ९९-बाट १०२औं स्थानमा पुगेको छ। भारतको अहिलेसम्मको सर्वश्रेष्ठ ऱ्यांकिंग ९४ हो। भारतीय टीम अहिले साफ च्याम्पियनशीपमा खेलिरहेको छ, जहाँ शनिवार टीमको सामना लेबनानसँग नै हुनेछ।
भारतीय टीम १५ मार्च २०१८-मा ९९औं स्थानमा रहेको थियो। त्यसपछि टीमको प्रदर्शनमा निरन्तरताको कमी देखियो। यसैकारण भारत ऱ्यांकिंगमा झर्दै निक्कै तल पुगेको थियो। चटारो समयमा क्रोएशियाई प्रशिक्षक इगोर स्टीमाकले भारतीय टीमको जिम्मेवारी लिएपछि चाहिँ प्रदर्शनमा सुधार देखियो। यसैको फलस्वरूप भारत अहिले १००औं स्थानमा पुगेको छ। यसरी गत वर्ष विश्व च्याम्पियन बन्ने अर्जेण्टिना शीर्ष स्थानमा कायम छ। त्यसपछि फ्रान्स दोस्रो, ब्राजील तेस्रो, ईंग्ल्याण्ड चौथो र बेल्जियम पाँचौं स्थानमा रहेको छ। क्रोएशिया छैटौं, नीदरल्याण्ड्स सातौं, यूरो च्याम्पियन इटली आठौं, क्रिस्टियानो रोनाल्डोको टीम नवौं र स्पेन दशौं स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement