सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगःदार्जीलिङ पुलिसको लगातार दोस्रो जीत

photocollage_2023630155534567.jpg

३० जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा दार्जीलिङ पुलिसले लगातार दोस्रो जीत हासिल गऱ्यो। लेबोंग स्टेडियममा शुक्रवार खेलिएको दिनको पहिलो म्याचमा दार्जीलिङ पुलिसले फ्रिमल भिलेज फूटबल क्लबलाई ६-०-ले पिट्यो। ग्रुप ई-को यस म्याचमा विजेता टीमबाट शुभम (हर्के) लामाले ह्याट्रिक गरे। यसबाहेक मनीष सुब्बाले २ र नेहाल सेवाले १ गोल गरे। यस म्याचमा रेफरीको भूमिकामा छेडुप यल्मो रहेका थिए। यसरी उज्ज्वल राई र रेमण्ड तामाङले सहयोगीको भूमिका निर्वाह गरेका थिए। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

Advertisement