एसडीएफ अध्यक्ष चामलिङ्द्वारा स्वर्गीय पदम गुरुङप्रति श्रद्धाञ्जली अर्पण

IMG-20230629-WA0385.jpg

गान्तोकः एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले आफ्नो सामाजिक भ्रमणलाई निरन्तरता दिॅंदै आज नाम्ची सरकारी कलेजका विद्यार्थी प्रतिनिधि परिषदका अध्यक्ष पदम गुरुङका शोकसन्तप्त परिवारसॅंग भेट गरे। विद्यार्थी नेतृत्वमा रहेका स्वर्गीय पदम गुरुङ दक्षिण सिक्किमस्थित फोङ्ला-तिङ्ली निवासी देवप्रसाद गुरुङको पुत्र थिए।

एसडीएफद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, चामलिङले स्वर्गीय पदम गुरुङका पिता तथा परिवारका अन्य सदस्यलाई भेटी दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरे। पदम गुरुङको असमायिक देहान्तले परिवारदेखि सिक्किमेली समाजलाई नै ठूलो क्षति पुगेको बताउँदै यो असहनीय दुखद घडीको सयंमित बनेर सामना गर्न स्वर्गीय गुरुङका परिवारलाई चामलिङले निवेदन गरे।

उनले मानिस जन्मिएपछि मृत्यु सत्यलाई स्वीकार्नै पर्ने बताउँदै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरे। एसडीएफ अध्यक्षको सामाजिक भ्रमणमा पार्टीका कर्मठ सहयोद्धाहरू पनि उपस्थित रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement