सोरेङमा ‘मेरो रुख मेरो सन्तती’ अभियान सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

IMG-20230629-WA0377.jpg

सोरेङ: आज वन विभागले सोरेङ बजारमा ‘मेरो रुख मेरो सन्तती’ अभियान सम्वन्धि सचेतना कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा वन विभागका कर्मचारीहरूले यो अभियानलाई मध्यनजर राख्दै एउटा नाटक पनि प्रस्तुत गरेका थिए। सो कार्यक्रम अवधि सोरेङ जिल्लाका जिल्लापाल भीम ठटाल, सोरेङ जिल्लाका पुलिस अधिक्षक जे. जयपाण्डिया लगायत वन विभागका अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल ठटालले सिक्किम सरकारद्वारा शुरु गरिएको ‘मेरो रुख मेरो सन्तती’ अभियानबारे जनसाधारणलाई विस्तृत रुपमा अवगत गराए। सिक्किम राज्यलाई प्राकृतिक रुपमा अझ सशक्त बनाउने उद्देश्यले एउटा नानीको जन्म भएको खण्डमा उनको नाममा १०८ वटा विरूवा रोप्नु पर्ने अभियान सिक्किमको भविष्यको निम्ति अतिनै लाभदायक हुने विचार पोखे। वन जंगल अनि पशुहरूको तस्करी कुनै पनि स्थिति र अवस्थामा गर्न नहुने बताउँदै यदि कुनै जनसाधारण सो प्रकारको क्रियाकलापमा संलग्न भएको थाह पाएमा विभागले कड़ा कार्वाही गर्ने पनि निर्देश दिए। यसै क्रममा सोरेङ जिल्लाका डीएफओले आफ्नो सम्बोधनमा प्रत्येक नव आमा बाबुहरूलाई ‘मेरो रुख मेरो सन्तति’ अभियानसँग इमान्दार भएर जोड़िने आग्रह गर्दै यो कार्यको निम्ति वन विभागले सबै प्रकारको सहयोग गर्ने जानकारी गराए। यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा उनले उनले सोरेङ जिल्ला प्रशासन पक्षप्रति आभार व्यक्त गरे।

About Author

Advertisement