मुख्यमन्त्रीको सहयोगमा ६ वर्षीया बालिकाको दिल्लीमा उपचार शुरू

IMG-20230629-WA0379.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले एक बालिकाको स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग प्रदान गरी देशको राजधानी नयाँ दिल्लीमा उपचारका लागि पठाएका छन्। दक्षिण जिल्लाको जोरथाङ अन्तर्गत अप्पर सालघारी निवासी ६ वर्षीय मिनाक्षी शर्मा केही समय अघिदेखि किड्नीको रोगले ग्रस्त थिइन् भने मुख्यमन्त्री तामाङले उनलाई उपचार गराउन दिल्ली पठाएका छन्। रोगीको सबै खर्चको व्यवस्था मुख्यमन्त्री स्वयंले प्रबन्धन गरिदिएका छन्।

दिल्लीको डीकेके भवनका प्रभारी रोलेन् तामाङको पहलमा बीएलके अस्पतालमा उनको उपचार शुरू भइसकेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement