तरूणदीप राई आर्चरी अकादमीको शिलान्यास शुक्रवार, तयारीलाई लिएर निरीक्षण

jkc._54

गान्तोकः सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले दक्षिण सिक्किमको पोकलोक कामराङ निर्वाचन क्षेत्र अन्तर्गत खिचुडुम्रामा शुक्रवार, ३० जून ‘तरूणदीप राई आर्चरी अकादमी’ को शिलान्यास गर्ने छन्। मुख्यमन्त्रीको परिकल्पना अनुरूप खेल क्षेत्रमा विकास र प्रगतिको निम्ति अकादमीको निर्माण गरिने भएको हो।

शिलान्यास कार्यक्रमलाई लिएर व्यापक तयारी चलिरहेको छ भने आज मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको नेतृत्वमा एक शीर्ष टोलीले कार्यक्रम तयारी बुझ्न स्थलगत निरीक्षण गरे। टोलीमा सिक्किम सरकारका खेलकुद मामिला विभागका अधिकारी लगायत कर्मचारीहरू, सड़क एवं पुल विभागका अधिकारी अनि एसकेएम पार्टीका पदाधिकारी र कार्यकर्ताहरू सामेल थिए।

टोलीले तयारी कार्यमा खटिएका पार्टीका युवा-नारीहरूसित कुराकानी गर्दै कार्यक्रमलाई भव्यरूपमा सफल बनाउनका लागि समन्वय रूपमा कार्य गर्न सुझाउ दिए। निरीक्षण टोलीले अहिलेसम्मको तयारी कार्यलाई लिएर सन्तुष्टि व्यक्त गरेको जानकारी एसकेएम प्रचार प्रसार शाखाले विज्ञप्तिमा जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement