गान्तोक: राज्यका प्रत्येक रोगीहरूलाई बिरामीहरूलाई मुख्यमन्त्री प्रेमसिंह तामाङले सदैव आर्थिक सहयोग उपलब्ध गराउँदै आइरहेका छन्। यसै क्रममा आज एसटीएनएम अस्पताल अनि राज्य बाहिर चिकित्साको निम्ति रेफर गरिएका बिरामीहरूलाई मुख्यमन्त्री कोषबाट वित्तीय सहयोग प्रदान गरे। राजधानीस्थित सम्मान भवनमा आज आयोजित एक कार्यक्रमबीच कूल ४६ जना रोगीहरूलाई आर्थिक सहयोग प्रदान गरियो। ४६ रोगीहरूमध्ये २२ जनालाई राज्य बाहिर उपचारको निम्ति रेफर गरिएको छ भने रहल २४ जना एसटीएनएम अस्पतालमा उपचाराधीन छन्। उक्त सहयोग राशी आज मुख्यमन्त्रीका चिकित्सा समन्वयक निशा तामाङ, पदम गुरुङ अनि चिकित्सा अधिकारी डा. सुवास तामाङले हस्तान्तरण गरे। उपचार हेतु मुख्यमन्त्री तामाङले सहयोग राशी उपलब्ध गराएकोमा सहयोग प्राप्त गर्नेहरूले मुख्यमन्त्री तामा धन्यवाद दिँदै आभार प्रकट गरेका छन्।