पोकलोक कामराङ निर्वाचन क्षेत्रमा एसकेएम नारी शक्तिको समन्वय सभा सम्पन्न

si-8

गान्तोकः दक्षिण सिक्किमको पोकलोक कामराङ निर्वाचन क्षेत्रमा एसकेएम नारी शक्तिको समन्वय सभा सम्पन्न भएको छ। मुख्यमन्त्री प्रेममिंह तामाङको निर्देशनमा आयोजन गरिएको सभाको उद्देश्य पार्टीको भावी रणनीति र कार्यक्रमबारे चर्चा गर्नु रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ। पार्टीको समष्टिस्तरीय उप-संयोजक विष्णु माया राईको अध्यक्षतामा आयोजित सभामा अध्यक्ष रमा तामाङ, पार्टीका क्षेत्रस्तरीय समितिका अध्यक्ष दाउग्याल लेप्चा, नारी शक्ति महासचिव ईशा प्रधान, मुख्यमन्त्री कार्यालयका समन्वयक, नारी शक्ति कार्यकारी सदस्य, वार्डस्तरीय कार्यकर्ता, जिल्ला अनि वार्ड पञ्चायत आदि उपस्थित थिए।

सभामा एसकेएम पार्टी र मुख्मन्त्री प्रेमसिंह तामाङको नेतृत्वाधीन सरकारले नारी हितका लागि गरेका विभिन्न कार्यक्रम र योजनाहरूमाथि चर्चा गरियो। यसैगरी, पार्टीको भावी कार्यक्रम र योजना विषय पनि छलफल गरियो।

नारी प्रकोष्ठका शीर्ष सदस्यहरूले पार्टीलाई तृणमूल स्तरबाट बलियो बनाउनु पर्ने दिशामा जोड़ दिँदै नारी शक्तिले पार्टी अध्यक्ष एवं मुख्यमन्त्रीको हातलाई अझ बलियो बनाउन सके राज्यलाई प्रगति र विकासको क्षेत्रमा थप अघि बढ़ाउन सकिने विचार प्रकट गरे। सभामा नारी प्रकोष्ठका सदस्यहरूले आगामी दिनहरूमा पार्टीलाई बलियो बनाउन कार्य गर्ने प्रतिबद्धता जाहेर गरे। सभामा खुल्ला अन्तरक्रिया पनि गरियो जहाँ सबैले आ-आफ्नो सुझाउ, सल्लाह अनि गुनासाहरू साझा गरेको विज्ञप्तिमा बताइएको छ।

-हिस

About Author

Advertisement