गान्तोकः सिटिजन एक्सन पार्टी- सिक्किमका प्रमुख समन्वयक गणेश राईले आफु विरूद्ध मल्ली थानामा दर्ता गरिएको प्राथमिकीको सम्बन्धमा आज आफ्नो बयान दर्ता गराएका छन्। राई विरूद्ध मल्ली डॉंड़ा बहुउद्देश्यीय सहकारी समितिको अध्यक्ष हुॅंदा कोष दुरूपयोग गरेको आरोप छ।
पुलिस थानामा आफ्नो बयान दर्ता गराएपछि पत्रकारहरूसॅंग कुराकानी गर्दै प्रमुख समन्वयक राईले पुलिसले सोधेका प्रश्नहरूको जवाफ दिएको बताए। उनले पुलिसलाई जॉंचमा सहयोग गर्न आफु सदैव तत्पर रहेको पनि बताए।
प्रश्नहरूको जवाफ दिॅंदै उनले एफआईआरमा जुन धाराहरू लगाइएको छ त्यो कसको निर्देशनमा लगाइएको हो भन्ने कुरा आफुलाई रहेको बताए। यस कारण पुलिसकर्मी र प्राथमिकी दर्ता गर्नेहरू विरूद्धलाई लिएर उनको मनमा कुनै प्रकारको नराम्रो भाव नरहेको उनले बताए।
उनले भने, ‘म निर्दोष छु। यो कुरा मैले कोर्टमा प्रमाणित गर्नु पर्नेछ र म सहजै प्रमाणित गर्न सक्छु।’ यस अतिरिक्त उनले दुईवटा फेसबुक पेज विरूद्ध प्राथमिकी दर्ता गराएको जानकारी गराउॅंदै उक्त दुईवटा पेजले आफुलाई बदनाम गर्ने प्रयास गरेको छ भनी बताए।