इम्फाल: कांग्रेस नेता राहुल गान्धीको काफिलालाई बिहीबार मणिपुर पुलिसले इम्फालदेखि लगभग २० किलोमीटरको दूरत्वमा अवस्थित विष्णुपुरमा रोक्यो। इम्फाल फुगेपछि राहुल गान्धी राहत शिविरहरूको भ्रमण गर्न चुराचाँदपुर गइरहेका थिए। यस आशयको जानकारी सम्बन्धित अधिकारीहरूले दिएका छन्।
पुलिस अधिकारीहरूले बताए, बाटोमा हिंसा हुने आशंकालाई मध्यनजर गर्दै राहुल गान्धीको लस्करलाई रोकिएको हो। कांग्रेस नेताहरूले आफ्ना पार्टी नेताको लागि सुरक्षित बाटो सुनिश्चित गर्नको लागि पुलिस र सेना अधिकारीहरूसित बातचित गरिरहेका छन्।
प्रदेश कंग्रेस अध्यक्ष मेघाचन्द्रले बताए, चार्टर प्लेनको माध्यमबाट बिहीवार इम्फाल हवाईअड्डामा उत्रेका राहुल गान्धी यहाँबाट सोझै सड़क मार्ग भएर चुराचाँदपुरको लागि प्रस्थान भएका थिए। राहुल गान्धीले त्यहाँ कुकी सीएसओ नेताहरू तथा शरणार्थी क्याम्पमा शरण लिएका विस्थापित मानिसहरूसित भेट गर्नेछन्। त्यहाँबाट फर्किने क्रममा उनी विष्णुपुर जिल्लास्थित विभिन्न शरणार्थी शिविरहरूमा जानेछन्। उनले मोइरांगमा रात्रि विश्राम गर्नेछन्।