सिपाहीधुरा चियाबारीको ओपन सिटमा चारजना युवा प्रार्थीहरू चुनाव मैदानमा

IMG-20230629-WA0332.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत शिवखोला ग्राम पञ्चायतको सिपाहीधुरा चियाबारीको रहेको दुई सिटमध्ये ओपन सिटमा चारजना प्रार्थीहरू चुनाव मैदानमा उत्रेका छन्। पञ्चायत चुनाव जति नजिक आउँदैछ तेति नै विभिन्न राजनैतिक पार्टीहरूका प्रार्थीहरू र निर्दलीय प्रार्थीहरूले लगातार रूपमा चुनाव प्रचार गरिरहेका छन्। यसै क्रममा सिपाहीधुरमा पनि चारजना प्रार्थीहरूले चुनाव प्रचार लगातार रुपमा गरिरहेका छन्। शिवखोला ग्राम पञ्चायत अन्तर्गत २४३ बुथ सिपाहीधुरामा रहेको ओपन सिटमा चारजना प्रार्थीहरू क्रमैले भागोप्रमोबाट अर्पणा गजमेर, भारतीय जनता पार्टीबाट रुग्रमणि गजमेर अनि निर्दलीय प्रार्थीहरू क्रमैले उपेन्द्र राई र प्रसिल शर्मा रहेका छन्। यी चारैजना प्रार्थीहरूले आफ्नो चुनाव प्रचार कार्यलाई अघि लगिरहेका छन् भने चारैजनाले पञ्चायत सदस्यमा निर्वाचित भएको खण्डमा गाउँ घरको विकासको लागि कार्य गर्ने बताएका छन्। उनीहरू सबैले चुनाव जित्ने दाबी पनि गरेका छन्। यसै क्रममा सिपाहीधुरा चियाबारीको ओपन सिटबाट खड़ा भएका उम्मेद्वारहरू क्रमैले भागोप्रमोको प्रार्थी अर्पणा गजमेर, भाजपाको प्रार्थी रूद्रमणि गजमेर र निर्दलीय प्रार्थीहरू उपेन्द्र राई र प्रसिल शर्माले पत्रकारहरूसित कुराकानी गर्दै चारैजनाले नै जीतप्रति आशावादी रहेको बताएका छन्। सिपाहीधुरा चियाबारीको यस बुथमा रहेको ओपन सिटमा जम्मा चारजना प्रार्थीहरू सबै नै युवाहरू नै देखिएको छ। यहाँ भएका चारजनामा उपेन्द्र राई एकजना केही अनुभवी र राजनैतिक पार्टीसित पनि संलग्न रहेको देखिएको छ अनि विगतको दिनमा पार्टीहरूसित पनि काम गरेको देखिएको छ भने अन्य तीनैजना प्रार्थीहरू शिक्षित युवाहरू र चुनावमा केही नयाँ अनुहार देखिएको छ। विशेष गरी तीनजना युवाहरू पहिलोपल्ट चुनाव मैदानमा उत्रेको देखिएको छ। यहाँ रहेको चारैजना प्रार्थीहरू नयाँ अनुहारको साथमा चुनावमा गाउँ घरको विकासको लागि अघि आएको देखिएको छ। सिपाहीधुरा चियाबारीको यस बुथमा जनताले चारजनामा कसलाई भोट दिएर जिताउने हुन् त्यो त ११ जुलाईको दिन हुने पञ्चायत चुनावको परिणामपछि नै याद हुनेछ। तर पनि अहिले भने चारैजना प्रार्थीहरू आफ्नो आफ्नो चुनाव प्रचारमा व्यस्त देखिएको छ।

About Author

Advertisement