सुपरटेक कम्पनीका मालिक आरके अरोडा १० जुलाईसम्म ईडी हिरासतमा

ED-3-7

नयाँ दिल्ली: दिल्लीको पटियाला हाउस अदालतले मनी लण्ड्रिङ मामिलामा पक्रा परेका सुपरटेक कम्पनीका मालिक आरके अरोडालाई १० जुलाईसम्म ईडीको हिरासतमा पठाएको छ। ईडीले आज अरोडालाई अदालतमा पेश गरेर १४ दिनको हिरासत मागेको थियो। ईडीले अरोडालाई २७ जूनमा पक्राउ गरेको थियो। सुपरटेक समूहविरूद्ध दिल्ली, हरियाणा र उत्तर प्रदेशमा एफआईआर दर्ता छ। यसै आधारमा ईडीले सुपरटेक समूह, यसका निदेशकहरू र प्रमोटरहरू विरूद्ध मनी लण्ड्रिङको मामिला दर्ता गरेको थियो। अप्रेलमा ईडीले सुपरटेक र उसका निदेशकहरूको ४० करोडको सम्पत्ति जफत गरेको थियो। एफआईआरमा अरोडा र सुपरटेकमा फ्ल्याट बुक गर्नेहरूबाट अग्रिम राशि लिएर धोखाधडी गरेको आरोप लगाइएको छ। ईडीका अनुसार, सुपरटेक र समूहका कम्पनीहरूले फ्ल्याट किन्नेहरूको पैसाको आधारमा ब्यांकबाट ऋण लिए अनि पैसा पचाए। अन्य कम्पनीहरूको नाममा जमीन किनेर त्यसको आधारमा पनि ब्याङ्कबाट ऋण लिए। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement