क्रिप्टो करेन्सीको नाममा १५ लाखको ठगी

00-1-Rashtriya-Samachar-26

जोधपुर: क्रिप्टो करेन्सीको नाममा जोधपुर शहरका एक युवकबाट १५ लाख रुपियाँ ठगिएको मामिला प्रकाशमा आएको छ। पीड़ितसॅंग अनलाइन सम्पर्क गरेर पैसा ठगहरूले ठगेको बताइएको छ। उदय मन्दिर पुलिसअनुसार, सांगरिया फांटा कृष्णा बिहार निवासी राकेश कडवाले ठगीको मामिला दर्ता गराएका छन्। संजय र साजिद नाम गरेका दुई व्यक्तिले उनीसॅंग सम्पर्क गरेको र उनी दुवै क्रिप्टो करेन्सीको लेनदेन संलग्न रहेको बताए। दुई आरोपितले उनलाई यसमा धेरै फाइदा रहेको कुरा गरेर प्रलोभनमा फसाए। उनीहरूको कुरामाथि विश्वास गरेर उनले १५ लाख रुपियाँको क्रिप्टो करेन्सी किनेको र ठगीको शिकार बनेको उल्लेख गरेका छन्। -हिस

About Author

Advertisement