मन्त्री दासको बरदाङका जनतासंग भेट

IMG-20230628-WA0380.jpg

सिङ्ताम। १८ पश्चिम पाण्डाम क्षेत्रका विधायक एंव मन्त्री श्री एल. बी. दासले आफ्नो कार्यक्रमअनुसार आज बरदाङ वार्डका जनतालाई भेटसित भेट गरेर उनीहरुका समस्या, आवश्यक मागहरु के-के छन् त्यसको विशेष जानकारी लिए। मागहरुमा विशेष समाज घर निर्माण, सड़क निर्माणको मागहरु रहेको थियो भने अप्पर बरदाङ वार्डका जनताले आ-आफ्नो पारिवारिक एंव व्यक्तिगत मागहरु पनि विधायक समक्ष राखे। विधायक श्री दासले समाज घर र सड़क निर्माणको कामलाई विशेष प्राथमिकता दिएर पूरा गरिने बताउँदै सरकारबाट गर्नुपर्ने कामहरु अनि आफूबाट हुन सक्ने सबै कामहरु गर्ने तथा आज जनताले राखेका मागहरुलाई पनि पूरा गर्न विशेष पहल गरिने बरदाङ वार्डका जनताहरुलाई आश्वासन दिएका छन्। आज जनता भेट कार्यक्रममा अप्पर बरदाङ निवासी तथा पूर् पञ्चायत टेक बहादुर सुनार पनि सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल भएका छन्। अप्पर बरदाङ वार्ड पञ्चायत एंव पञ्चायत सभापति श्रीमती कुसुम तामाङ तथा गाउँले जनताको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement