एल. बी. राईको अनुसार मिरिकमा टीएमसी र भागोप्रमोका प्रार्थीहरूको जीत निश्चित

mir-4.jpg

मिरिक: मिरिक इलाकामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अनि टीएमसी का उम्मेद्वारहरूको जीत निश्चित रहेको हिल टीएमसी चेयरमेन एल. बी. राईले दाबी गरेका छन्। मिरिकमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै तिनले यस्तो मन्तव्य व्यक्त गरेका हुन् पञ्चायत चुनाउ नभएकोले गाउँ बस्तीमा धेरै समस्याहरू रहेको तथापि पहाडमा पञ्चायत राज फर्किएको बताउँदै आफूहरूको उम्मेद्वारहरू विजय भएपछि ती विविध समस्याको समाधान गर्ने तिनले बताए। अहिले मिरिकमा पञ्चायत चुनाउको लागि पार्टीका उम्मेद्वारहरूको पक्षमा प्रचार प्रसारमा व्यस्त रहेको साथै मानिसहरूबाट राम्रो रेसपोन्स पाइरहेको तिनले बताएका छन्। एउटा प्रश्नको जवाबमा तृणमूल नेता एल. बी. राईले आगामी पञ्चायत चुनाउको लागि मिरिकमा आफूले धेरै चुनौतीहरू नदेखेको तर आफूहरूको जीत निश्चित रहेको दाबी गरेका छन्।

About Author

Advertisement