गान्तोक: आगामी १३ जुलाईको दिन पालन गरिने २०९औं भानु जयन्ती आयोजन समितिका अध्यक्ष एवम राज्य सरकारको ग्रामीण प्रबन्धन विकास विभाग मन्त्री सोनम लामाको नेतृत्वमा आज राज्यका राज्यपाल लक्ष्मण प्रसादसँग शिष्टचार भेट गरे। राजभवनमा भएको यस भेटको क्रममा आगामी १३ जुलाईको दिन पालन गरिने २०९औं भानु जयन्तीको अवसरमा राज्यपाललाई मुख्य अतिथिकोरूपमा उपस्थित रहनको निम्ति आमन्त्रित गरियो। भानु जयन्ती समारोह समितिद्वारा गरिएको आग्रहलाई स्वीकार्दै राज्यपाले आफू मुख्य अतिथिकोरूपमा उपस्थित हुने बचन दिए। यस प्रकारको कार्यक्रम आयोजना गर्नाले हाम्रो भाषा, साहित्य र संस्कृतिको संरक्षण हुनको साथै यसको विस्तारमा टेवा पुग्ने बताए।

उक्त कार्यक्रमले भावी पीढिलाई पनि आफ्नो संस्कार, संस्कृति र महापुरूषहरूको जीवनीलाई जिवित राख्नको निम्ति प्रोत्साहन मिल्ने अवगत गराए। राज्यपालसँग भएको शिष्टचार भेटको क्रममा प्रतिनिधि टोलीमा नेपाली साहित्य परिषदका अध्यङ हरि ढुङ्गेलको पनि उपस्थिति रहेको थियो।