खरसाङ खण्डको सन्त मेरिज तीन ग्राम पञ्चायतबाट भाजपाको प्रार्थी बिनिता सुब्बा

IMG-20230628-WA0255.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज तीन ग्राम पञ्चायतको बुथ नम्बर २२२, २२३, २२४ अनि २२५ बाट गठबन्धनको पक्षमा भाजपाको टिकटमा खडा भएकी सातघुम्ती निवासी तथा भारतीय जनता पार्टीको जिल्ला कमिटी सदस्य तथा चिम्नी देउराली समष्टि,खरसाङ महकुमा समिति सदस्य बिनिता सुब्बा ग्राम समितिको प्रार्थीको रूपमा खडा भएकी छन्। तिनले आफ्नो क्षेत्रमा घर दैलो अभियान मार्फत चुनावी प्रचार गरिरहेकी छन्। यसबारे जानकारी दिँदै प्रार्थी सुब्बाले चुनाउ प्रचार अवधि तिनले क्षेत्रमा धेरै समस्याहरू देखेको बताइन्। विशेषगरी आफ्नै गाउँ सातघुम्ती बस्तीदेखि दुर्पीन गाउँ हुँदै बरबोटे जाने सडक खनिएको धेरै वर्ष भइसक्दा पनि आजसम्म निर्माण कार्य पूरा नगरिएको जनाउँदै कुनै पनि चुनाउको समयमा मात्र यहाँको सत्तारूढ दलका नेताहरू सडक बनाइदिने झूटो आश्वासन लिएर आउने गरेको तर चुनाउ सकिएपछि फेरि कुरा समेत नगर्ने गरेको जनाइन्। सुब्बाले भाजपा सांसद राजु विष्टले गत केही दिनअघि यहाँ भ्रमणमा आएको समय यो सडक प्रधानमन्त्री ग्राम सडक योजना मार्फत बनाइदिने वचन दिएर गएको जनाउँदै उनले दिएको वचन अवश्यनै पूरा हुने विश्वास व्यक्त गरिन्। सुब्बाले वर्तमान समयमा रोजगारको सुविधा नहुँदा दुःख गरेर पढेर बसेका भाई-बहिनीहरूले रोजगार नपाउँदा आफूलाई धेरै दुःख लाग्ने गरेको जनाउँदै यदि आफूले जितेर गएको खण्डमा अवश्यनै युवा भाई बहिनीहरूलाई रोजगारको व्यवस्था गर्ने तथा उनीहरूलाई सटीक मार्ग दर्शन गर्ने दिशामा कार्य गर्ने जनाइन्। त्यसबाहेक तिनले नारी हिंसा, नारी उत्पीडन जस्ता कार्यहरू रोक्न औ यस्तै सामाजिक कार्यहरू गर्न आफूले नारी सीप विकास सङ्घको माध्यमद्वारा कार्य गरिरहेको जनाउँदै आफूले जितेर गएको खण्डमा यस विषयलाई पनि अघि लिएर जाने बताइन्। अर्कोतिर बिनिता सुब्बालाई सहयोग गरिरहेकी स्थानीय कला शर्माले तिनीहरूको सातघुम्ती, दुर्पीन, बरबोटे गाउँको सडक निर्माण कार्य आजसम्म नभएको सन्दर्भबारे जानकारी दिँदै यहाँको राजनीति दलका नेताहरूले केवल भोटको समयमा मात्र सडक निर्माण गरिदिन्छु भनेर झूटो आश्वासन दिने गरेको बताउँदै अहिले फेरि यो पञ्चायत चुनाउको मुखैमा सडक बनाइदिन्छौँ भन्दै झूटो प्रचार गरिरहेको जानकारी दिइन्। तिनले यी राजनीतिक दलहरूले बनाउने भए पहिलानै बनाउँथे भन्दै उनीहरूको कसैले भरोसा नगर्ने आग्रह गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement