सुकहाङ लिम्बूले सम्हाले अतिरिक्त राजनीतिक सचिवको पदभार

aps_798

गान्तोकः सुक हाङ लिम्बूले आजदेखि सोरेङ जिल्लाको निम्ति मुख्यमन्त्रीको अतिरिक्त राजनीतिक सचिवको पदभार आधिकारिकरूपमा सम्हालेका छन्। आज उनले पदभार सम्हालेको पहिलो दिन जिल्ला प्रशासनिक केन्द्रको उद्घाटन पनि गरे। मुख्यमन्त्रीको अतिरिक्त राजनीतिक सचिवकोरूपमा नियुक्त भएका लिम्बूलाई आज कार्यालय आउने क्रममा जिल्लापाल भीम ठटाल लगायत अन्य अधिकारीहरूले स्वागत जनाए।

उल्लेखनीय छ, राज्यको चारवटा जिल्लामा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिवकोरूपम नियुक्त गरिएको थियो। तर गत वर्ष सोरेङ र पाकिमलाई जिल्लाकोरूपमा दर्जा दिएपछि उक्त पद रिक्त रहेको थियो। यसर्थ केही दिनअघि मात्र तीनजनलाई मुख्यमन्त्रीको अतिरिक्त राजनीतिक सचिवको पदमा नियुक्त गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement