नामिन गाउॅंमा लागूपदार्थ विरूद्ध जागरूकता कार्यक्रम आयोजित

gov.._560

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य आज सामलिक मार्चक जीपीयू अन्तर्गत नामिन गाउॅंमा आयोजित लागूपदार्थ विरूद्ध जागरूकता कार्यक्रममा सहभागी बने। युवाहरू केन्द्रित यस कार्यक्रमको आयोजना हेमन्त यादव फाउण्डेशनको संयुक्त तत्वावधानमा गरिएको थियो। यस अवसरमा विधायक सोनाम भेन्चुङ्गपा, श्रम विभागकी चेयरपर्सन गंगा परसाई, एडीसी राधा प्रधान तथा अन्य गणमान्य व्यक्तिहरू, विद्यार्थीहरू, ग्रामीण जनता आदि पनि उपस्थित थिए।

राज्यपाल प्रसादले आफ्नो सम्बोधनमा भाइचुङ भोटिया, तरूणदीप राई, सोनाम छिरिङ तामाङ र जेटसन डोना लामा जस्तै सकारात्मक प्रेरणाको खॉंचोमाथि बल दिए। उनले जैविक खेती र स्वच्छ राज्य पुरस्कार जस्तो सिक्किमको उपलब्धीमाथि प्रकाश पार्दै उक्त परिणामहरू सबैको सामूहिक प्रयासको फस रहेको बताए। यसैगरी, उनले लागूपदार्थको उन्मूलनमा पनि सिक्किमलाई नेतृत्व प्रदान गर्न आह्वान गर्दै सिक्किमलाई ड्रग्समुक्त राज्य बनाउनु पर्छ भनी बताए।

विधायक भेन्चुङ्गपाले गाउॅंमा नयॉं आगन्तुकहरूलाई लिएर सतर्क रहनु पर्ने आह्वान गरे। उनले नामिन वार्ड शतप्रतिशत शाकाहारी वार्ड रहेको जानकारी गराउॅंदै स्वच्छ भारत अभियान अन्तर्गत यस वार्डलाई राज्यकै सबैभन्दा सफा गाउॅं घोषणा गरिएको बताए। उनले लागूपदार्थको लत विकासमा वाधा रहेको बताउॅंदै यसको उन्मूलनका लागि सबैबाट सामूहिक प्रयासको निम्ति आह्वान गरे। कार्यक्रमलाई एडीसी राधा प्रधान, बीडीओ सोनाम पाल्देन, डा. डीवी प्रसाद आदिले पनि सम्बोधन गरेका थिए।

About Author

Advertisement