राँची: प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मध्य प्रदेशको राजधानी भोपालको रानी कमलापति रेलवे स्टेशनमा आयोजित एक समारोहबीच भिडियो कन्फ्रेन्सको माध्यमबाट राँची-पटना वन्दे भारत एक्सप्रेसलाई हरियो झण्डा देखाएर प्रस्थान गराए। आज झारखण्ड-बिहारलाई पहिलो वन्दे भारत एक्सप्रेसको उपहार प्राप्त भएको छ। यो रेल बिहान १०:५३ बजे पटना तर्फ प्रस्थान भयो। यसले ६ घण्टामा पटनासम्मको यात्रा पूरा गर्नेछ। राँची रेलवे स्टेशनलाई खुशीले रमाइरहेका मानिसहरूले वन्दे मातरमको उद्घोषले गुञ्जयमान गरे। यात्रीहरूले भने, ‘अब प्रतीक्षाको घड़ी सकियो। हामीलाई फ्लाइटमा बसेको जस्तो भान भइरहेको छl’ वन्दे भारतलाई पायलट के बालमुजूले चलाइरहेका छन् भने उनीसित लोको पायलट मनोज कुमार पनि उपस्थित छन्। रेलका म्यानेजर अशोक पाण्डेय हुन्। राँची रेलवे स्टेशनमा यस क्षणको साक्षी बन्न झारखण्डका राज्यपाल सीपी राधाकृष्णन, केन्द्रीय मन्त्री अन्नपूर्णा देवी, मन्त्री चंपई सोरेन, राज्यसभा सदस्य महुआ माजी, राज्यसभा सदस्य आदित्य साहू, स्थानीय सांसद सञ्जय सेठ, राज्यसभा सदस्य दीपक प्रकाश, हजारीबाग सांसद जयन्त सिन्हा, डीआरएम र दक्षिण पूर्व रेलवेका जनरल म्यानेजर अर्चना जोशी आदि उपस्थित थिए। -हिस