सिक्किम पुलिस स्थापना भएको १२५औं अवसरमा सागितीक कार्यक्रम आयोजित

गान्तोक। सिक्किम पुलिस गठनको १२५ वर्षको उत्सव अन्तर्गत हिजो मनन केन्द्रमा नशामुक्त सिक्किमको सन्देश सहित एक सांगीतिक कार्यक्रम सम्पन्न भयो। अन्तरराष्ट्रिय नशा निरोधक दिवसको अवसरमा आयोजित यस कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत, गान्तोक नगरनिगमका उप मेयर छिरीङ पाल्देन भोटिया, पुलिस अधिक्षक लगायत पुलिस विभागका शिर्ष अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सिक्किमलाई ड्रग्समुक्त बनाउनको निम्ति सिक्किम पुलिसले चलाइरहेको विभिन्न अभियानहरूबारे निर्मित एउटा वृत्तचित्र पनि कार्यक्रममा प्रस्तुत गरियो भने सिक्किम पुलिसको तर्फबाट ड्रग्सलाई राज्यमा निर्मुल पार्नको निम्ति जनताले सहयोग पुऱ्याइदिने पनि अपिल गरेको छ।

कार्यक्रममा लब्दप्रतिष्ठित बाँसुरी वादक पीएमके नवीन कुमारले बलिउडका अन्य कलाकारहरू क्रमैले हिमानी कपुर, अनिता भट्ट, सौरभ रोय, श्रेयस अनि अब्बासले प्रस्तुती दिँदै युवाहरूलाई नशामुक्त रहने सन्देश दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *