सिक्किम सरकारी कानून महाविद्यालयलाई न्याय बन्धु कार्यक्रम कार्यान्वयनका लागि चयन

गान्तोक। भारत सरकारको न्याय विभागले देशका अन्य प्रमुख कानून स्कूलहरूसॅंगै सिक्किम सरकारी कानून महाविद्यालयलाई न्याय बन्धु कार्यक्रम कार्यान्वयनका लागि चयन गरेको छ। यसै क्रममा महाविद्यालयको मूट कोर्ट हलमा आज प्रोबोनो क्लब उद्घाटन गरियो।
उद्घाटन समारोहका मुख्य अतिथि एसएलएसएका सदस्य सचिव एसपी भोटियाले क्लबको उद्घाटन गरे। उनले विद्यार्थीहरूलाई बधाई दिॅंदै नयॉं विचारहरू र गतिविधिहरूबारे खोज गर्न प्रोत्साहित गरे। उनले एक न्यायिक अधिकारीको रूपमा आफ्नो अनुभव साझा गर्दै विद्यार्थीहरूलाई कानूनको क्षेत्रमा शिक्षाको मामिलामा सहायता गर्ने आश्वासन दिए।

महाविद्यालयका प्राचार्य डा. टीडी लामाले महाविद्यालयमा प्रोबोनो क्लबको स्थापनाप्रति हर्ष व्यक्त गरे। उनले यसलाई भारत सरकारको कानून एवं न्याय मन्त्रालयले सुम्पेको एउटा जिम्मेवारको रूपमा लिन आह्वान गरे।

महाविद्यालयकी सहायक प्राद्यापक एवं प्रोबोनो क्लबकी प्रभारी छिरिङ छोडेनले क्लबको बारेमा संक्षिप्तमा जानकारी दिइन्। कार्यक्रममा परियोजना प्रबन्धक, केन्द्रिय न्याय मन्त्रालय स्नेहा शर्मा भर्चुअल माध्यमद्वारा सहभागी बनेकी थिइन्। योजनामाथि बोल्दै उनले न्याय मन्त्रालयले महाविद्यालयहरूलाई प्रोबोनो कानूनी सेवाहरू सुम्पेको बताइन्, जसद्वारा कानूनी जागरूकता, शोध कार्य र अन्य कार्यहरू गर्न सकियोस्।

प्रोबोनो सहायोगी नेता गुप्ताले आफ्नो प्रस्तुतिमा प्रस्तावित गतिविधिहरूको सूचीमाथि चर्चा गरिन्। उनले पॉंच दिवसीय कार्यशाला कार्यक्रमबारे पनि जानकारी दिइन् जुन आजदेखि शुरू भएर एक जुलाई, २०२२ मा समाप्त हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *