ड्रग्समुक्त भारतको लक्ष्य हासिल गर्न गृहमन्त्री अमित शाहको आहवान

00-1-Amit-Shah-Home-Minister-2

नयाँ दिल्ली: केन्द्रीय गृह एवं सहकारिता मन्त्री अमित शाहले भने, ‘हामी ड्रग्समुक्त भारतको लक्ष्यलाई हासिल गर्नेछौं। यस दिशामा तीव्र गतिमा काम भइरहेको छ। गृह मन्त्रालयले नार्कोटिक्सविरूद्ध जीरो टलरेन्सको नीति अप्नाएको छ। देशभरिबाट लगभग ६ लाख किलो जफ्त मादक पदार्थहरूलाई नष्ट गरिसकेको छl’ शाहले सोमबार ‘नशालू औषधीहरूको दुरूपयोग साथै अवैध तस्करीविरूद्ध अन्तरराष्ट्रीय दिवस’को अवसरमा एउटा भीडियो सन्देश जारी गर्दै भने, ‘हाम्रो संकल्प छ, हामी भारतमा नारकोटिक्सको व्यापार हुन दिनेछैनौं न त भारतको माध्यमबाट ड्रग्सलाई विश्वका अन्य भागहरूमा लैजान दिनेछौंl’

शाहले भने, ‘ड्रग्स विरोधी यस अभियानमा देशका सबै प्रमुख एजेन्सीहरू विशेष ‘नार्कोटिक्स कन्ट्रोल ब्यूरो’ले निरन्तर आफ्नो संघर्ष जारी राखेको छ। यस अभियानलाई सशक्त बनाउनको लागि गृह मन्त्रालयले सन् २०१९ मा राष्ट्रिय नारकोटिक्स समन्वय पोर्टल (एनकर्ड)को स्थापना गरेको छl’ देशमा हरेक राज्यको पुलिस विभागमा एन्टी नार्कोटिक्स टास्क फोर्स (एएनटीएफ) गठन गरिएको छ जसको पहिलो राष्ट्रिय सम्मेलन गत अप्रेल, २०२३ मा दिल्लीमा सम्पन्न भएको थियो। गृहमन्त्री शाह अनुसार ड्रग्सको दुरूपयोग एवं दुष्प्रभावहरूको विरोधमा राष्ट्रीय स्तरमा उपयुक्त मञ्चहरूको माध्यमबाट युद्ध स्तरमा अभियान परिचालन गरिँदैछ। ‘ड्रग्सविरूद्ध हाम्रो यस व्यापक अनि समन्वयित लड़ाईँकै प्रभाव मान्न सकिन्छ, सन् २००६-१३ मा मात्र ७६८ करोड़ रुपियाँको ड्रग्स जफ्त गरिएको थियो भने सन् २०१४-२२ को अन्तरालमा यो लगभग ३० गुणा बढ़ेर २२ हजार करोड़ भएको छ। यसरी नै नशाको व्यापार गर्ने मानिसहरूविरूद्ध पहिलाको तुलनामा १८१ प्रतिशत अधिक मामिला दर्ता गरिएको छ। जून २०२२ मा हामीले जफ्त गरिएको ड्रग्सको पुनर्प्रयोगलाई रोक्नको लागि एक विनिष्टीकरण अभियान चलायौ जसान्तर्गत आजसम्ममा देशभरिमा लगभग ६ लाख किलो जफ्त मादक पदार्थलाई नष्ट गरिसकेको छ’, उनले भने।

उनले भने, ‘ड्रग्सको खेतीलाई नष्ट गर्नु होस् वा जनजागरण होस् गृहमन्त्रालयले सबै संस्था अनि राज्यहरूको समन्वयमा ‘ड्रग्समुक्त भारत’ को लागि हरसम्भव प्रयास गरिरहेको छ, तर यस लड़ाईँलाई जन सहभागिता बिना जित्न सकिँदैन। यसैले सबै देशवासीहरूलाई अपील गर्दछु, आफैले आफूलाई अनि आफ्नो परिवारलाई ड्रग्सदेखि टाड़ा राख्नुहोस्। यसविरूद्ध अभियानहरूमा सक्दो सहभागी बनौं। आफ्नो वरपर भइरहेको ड्रग्स व्यापारको जानकारी सुरक्षा एजेन्सीहरूलाई दिऊँl’ –हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement