२६ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा दार्जीलिङ जिल्ला अस्पताल फूटबल क्लबले एकतर्फी जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग स्टेडियममा सोमवार खेलिएको दिनको पहिलो म्याचमा दार्जीलिङ जिल्ला अस्पताल एफसी-ले एडमायोरा इलेभेनलाई ३-०-ले पराजित गऱ्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट सरन राई, निरज राई र किरण थापाले १-१ गोल गरे। यस म्याचमा रेफरीको भूमिकामा रमेश राई रहेका थिए। यसरी पवन थामी र प्रज्ज्वल राईले सहयोगीको भूमिका निर्वाह गरेका थिए। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।










