टिस्टा ऊर्जा लिमिटेडले खेलकूदलाई बढावा दिने उद्देश्यले एक करोड सहयोग गर्ने

गान्तोक। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा नशालु पदार्थको दुरुपयोग साथै यसको अवैध तस्करी सम्बन्धना सचेत गराउँदै हिजो सिक्किम ओलम्पिक एसोसिएशनले अन्तरराष्ट्रिय लागू पदार्थ विरोधी दिवसको पालन गऱ्यो। यस अवसरमा सिक्किम ओलम्पिक संघले राजधानीस्थित पाल्जर स्टेडियममा एउटा कार्यक्रम आयोजन गऱ्यो। संघका महासचिव जशलाल प्रधानले जानकारी गराए अनुसार कार्यक्रममा टिस्टा ऊर्जा लिमिटेडका कार्यकारी अध्यक्ष एस. सुनिल उपस्थित रहेका थिए जसलाई सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष कुबेर भण्डारीले स्वागत जनाए।

अध्यक्ष कुबेर भण्डारीले सिक्किम ओलम्पिक एसोसिएशन साथै यससँग आबद्ध सम्पूर्ण खेल संगठनहरूले राज्यमा खेल संस्कृतिलाई प्रोत्साहित गर्ने दिशामा काम गरिरहेको बताए। उनले राज्यका खेल प्रतिभावन युवावर्गमा खेलप्रतिको रुचि विकसित गरेर खेल जीवनको एउटा अंग हो भन्ने सकारात्मक सन्देश पुऱ्याउन जोर दिइरहेको अवगत गराए।

यस अवसरमा टिस्टा ऊर्जा लिमिटेडका कार्यकारी अध्यक्ष एस. सुनिलले सिक्किम ओलम्पिक एसोसिएशन साथै यससँग आबद्ध खेल संघहरूद्वारा गरिएको कार्यको खुलेर प्रशंसा गरे। उनले राज्यमा खेल गतिविधिलाई प्रोत्साहित गर्नुपर्ने कुरामा जोड़ दिए। खेलको माध्यमद्वारा नै खेलाड़ीले राज्य र देशको नाम रोशन गर्नसक्ने बताए।

उनले टिस्टा ऊर्जा लिमिटेडको तर्फबाट सीएसआर अन्तर्गत सिक्किमका युवाहरूको हितमा सिक्किम ओलम्पिक संघ साथै सबै सम्बद्ध खेल संघहरूलाई एक करोड़ रुपियाँको वित्तीय सहायता प्रदान गर्ने घोषणा गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *