निर्दलीय समर्थकहरू लगायत भागोप्रमोको कार्यकर्ताहरूले हाम्रो पार्टीको झण्डा समाएको दाबी

IMG-20230626-WA0158.jpg

दार्जीलिङ: निर्दलीय समर्थकहरू लगायत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताहरूले हाम्रो पार्टीको झण्डा समाएको दाबी गरिएको छ। तकदाह ग्लेनवर्ण समष्टि अन्तर्गत सिग्रिताम ग्राम पञ्चायत सुङबुङ क्षेत्रको निर्दलीय समर्थकहरू लगायत भागोप्रमोको कार्यकर्ताहरूले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवर्डसको विचारमाथि आस्था र भरोसा राख्दै पार्टीको झण्डा समाएको जानकारी प्राप्त भएको छ। क्षेत्रीय सभासद एंव हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता सन्नी बम्जनले समर्थकहरूलाई न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा सुम्पिएका छन्। स्थानीय सुङबुङ गाउँमा हाम्रो पार्टीको सांगठनिक सभाको आयोजना गरिएको थियो। सभामा पार्टी केन्द्रीय कार्यकर्ता एंव क्षेत्रीय सभासद सन्नी बम्जन विशेष रूपमा उपस्थित रहेका थिए। आगामी ८ जुलाईको दिन मतदान हुने पंचायत चूनावमा अंश ग्रहण गरेका निर्दलीय समर्थकहरू साथै स्थानीय भागोप्रमोको कार्यकर्ताहरूले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवर्डसप्रति आस्था र भरोसा राख्दै हाम्रो पार्टीमा सामेल भएको बताइएको छ। क्षेत्रीय सभासद एंव पार्टी केन्द्रीय कार्यकर्ता सन्नी बम्जनले समर्थन जनाउँन आएका समर्थकहरूलाई पार्टीमा न्यानो स्वागत जनाउँदै तपाई हामी एकबद्ध भए गाउँ, बस्ती, चिया बगान, सिन्कोना बगानहरूमा जनताको राज आउँने छ भन्ने बताए।हाम्रो पार्टीले आफ्नो गठनकालदेखि नै पहाडमा जनताको राज आउँछ भन्दै आई रहेको छ।

२३ बर्ष भन्दा लामो समयसम्म पहाडमा पंचायत चूनाव नभएको कारणले गर्दा पहाडको ग्रामिण क्षेत्रहरूमा विकास पूग्न सकेको छैन, गाउँ बस्ती, चिया बगान, सिन्कोना बगान आदि क्षेत्रहरूका बासिन्दाहरू बाटो, पिउने पानी आदि जस्ता बुनियादी सुविधाहरूदेखि वञ्चित भएको देख्दा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसले आफ्नो नीजि कोषबाट ४ सयभन्दा धेर बाटोहरूको खन्न कार्य गरी दिई सकेको जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement