गेजिङ: गेजिङ जिल्लापालको पहलमा “गेजिङरिड’’ नाममा एक मौन पठन समुदाय पेलिङको पर्यटक सूचना केन्द्र भवनमा आजदेखि शुरु गरिएको छ। यसमा विद्यार्थीहरू, वरिपरिका असरकारी संस्थानहरूको सहभागिता रहेको थियो। यस कार्यको शुभारम्भमा आज शिक्षा विभागीय उप-निदेशक राजेश थापा उपस्थित रहेका थिए। जानकारी गराइन्छ, यो विचार देश-विदेशमा पढ़्ने समूहको एक अनलाइन श्रृंखलाद्वारा संकल्पित रहेको छ। जिल्लापाल येस्सी डी योङ्दाले आफ्नो संक्षिप्त अन्तरक्रिया सत्रमा यस अनौठो पठन कार्यक्रमको पहिलो संस्करणमा उपस्थित पाठकहरू र स्वयंसेवकहरूलाई धन्यवाद दिइन्। जारी मनसूनको कारण वर्तमान स्थलको सहारा लिनुपरेको विचार पोख्दै जिल्लापाल येस्सी डी योङ्दाले गेजिङरिड एक खुला स्थानमा स्थानान्तरण गरिने अवगत गराइन्। सो ठाउँमा सबै एकत्रित हुनसक्ने अनि प्रत्येक आइतवार तीन घण्टा मौन अनि सामूहिक पठनमा संलग्न हुनसक्ने जानकारी गराइन्। यस पहलले जिल्लामा पढ़्ने संस्कृतिलाई आकार दिन धेरै सहयोग मिल्ने विश्वास व्यक्त गर्दै यसबाट ज्ञान, मनोरञ्जन, ध्यान अनि आराम प्राप्त हुने साथै पाठकहरूको एक समुदाय बनिन सहयोग मिल्ने कुरामा विश्वस्त रहेको बताइन्। सहभागीहरूले जिल्लापालप्रति कृतज्ञता व्यक्त गर्दै यस्ता गतिविधिहरूमा अझ बढी सहभागी हुन र आफ्नो इलाका साथै विद्यालयहरूमा यस्ता कार्यहरू शुरु गर्ने इच्छा व्यक्त गरे।