रिनाक सरकारी उच्चत्तर माध्यमिक विद्यालयमा समर क्रिकेट शिविर आरम्भ

IMG-20230625-WA0313.jpg

पाकिम: सिक्किम क्रिकेट एसोसिएशनको सहकार्यमा रिनाक-रंगेली स्पोर्टिङ एकाडेमीको आयोजनमा रिनाक सरकारी सीनियर सेकेण्डेरी स्कूलको प्रेक्षागृहमा समर क्रिकेट क्याम्प हिजोदेखि शुरु भयो। सिक्किम क्रिकेट एसोसिएशन (सिका) का अध्यक्ष टीका सुब्बाको अध्यक्षतामा आयोजित कार्यक्रममा सिकाका पार्षद जिग्मी नामग्याल भोटिया, पाकिम जिल्लाका अध्यक्ष बीके धमाला लगायत अन्यको उपस्थिति रहेको थियो। आफ्नो सम्बोधनको क्रममा सिकाका अध्यक्ष टीका सुब्बाले आफ्नो सम्बोधनमा भोकल फर् लोकलको मूल्यबारे जोर दिए। रंगेली अनि रिनाक क्षेत्रका तालिम नपाएका साथै अर्द्ध तालिम पाएका क्रिकेट खेलाड़ीहरूले लाभ उठाउन सकोस् भनेर यो शिविर आयोजन गरिएको उनले विचार पोखे। उनले खेलाड़ीहरूलाई आफ्नो क्रिकेट क्षमता विकास गर्न र क्रिकेट खेलमा करियर बनाउन थप प्रेरणा दिए।

यस शिविरमा ११-देखि २० वर्ष उमेर पुगेका मोठ ७५ जना केटा-केटीहरूलाई क्रिकेटबारे १५ दिनसम्म तालिम दिइनेछ। वरिष्ठ प्रशिक्षकद्वय सोमछिरिङ लेप्चा, विकास प्रधान, सह-प्रशिक्षकद्वय कर्मा थिन्ले भोटिया, श्रीमती कोमित लेप्चा अनि फिजियोथेरापिस्ट छिरिङ ओङ्दा शेर्पा अनि विरेन गुरुङले मार्गदर्शन गराउनेछन्। १५ दिने समर क्याम्प ४ जुलाईको दिन समाप्त हुनेछ।

About Author

Advertisement