नयाँ दिल्लीः रक्षा मन्त्रालय (एमओडी)-ले अमेरिकाबाट खरिद गर्ने ३१ एमक्यू-९ बी ड्रोनलाई लिएर स्पष्ट रूपमा भनको छ, अहिले यसको मूल्य तय भएको छैन। अमेरिकी सरकारको नीति मञ्जुरी मिलेपछि मूल्यमाथि बातचित गरिनेछ। मूल्य अनि खरिदका अन्य नियम एवं शर्तहरू अहिले तय गरिएको छैन र यो बातचितभित्र छ। एमओडी जनरल एटमिक्स (जीए)-सित तालमेल मिलाएर अन्य देशहरूको तुलनामा सर्वोत्तम मूल्यमा खरिद गरिनेछ।
रक्षा अधिग्रहण परिषद (डीएसी)-ले गत १५ जूनको दिन तीनै सेनाहरूको लागि ३१ एमक्यू-९ बी हाई अल्टीट्यूड लन्ग एण्ड्योरेन्स (हेल) रिमोटली पायलटेड एयरक्राफ्ट सिस्टमको अधिग्रहणको आवश्यक्ताको लागि स्वीकृति (एओएन) प्रदान गरिएको थियो। यसमा १६ स्काई गार्जियन औ १५सी गार्जियन ड्रोन सामेल छन्। यो खरीद संयुक्त राज्य अमेरिकाबाट विदेशी सैन्य बिक्री मार्गबाट गरिनुछ। एओएनमा सम्बन्धित उपकरणहरूसितै खरिद गरिने यूएवीको संख्या सामेल थियो।
यद्यपि डीएसीले एओएनमा अमेरिकी सरकारद्वारा प्रदान गरिएको ३,०७२ मिलियन अमेरिकी डलरको अनुमानित लागतको उल्लेख गरेको छ। अब रक्षा मन्त्रालयले स्पष्ट पारेको छ कि अमेरिकी सरकारको नीति मञ्जुरी पाएपछि मूल्यमाथि बातचित गरिनेछ। रक्षा मन्त्रालयले ड्रोनको अधिग्रहण लागतको तुलनामा जनरल एटमिक्ससित तालमेल मिलाएर अन्य देशहरूलाई दिइने सर्वोत्तम मूल्यमा गर्नेछ। ड्रोनको खरिद प्रगतिमा छ र निर्धारित प्रक्रिया अनुसार पूरा गरिनेछ।
रक्षा मन्त्रालय अनुसार विदेशी सैन्य बिक्री मार्ग मार्फत अमेरिकी सरकारलाई एउटा अनुरोध पत्र (एलओआर) पठाइनेछ जसमा त्रि-सेवा आवश्यकता, उपकरणहरूको विवरण औ खरिदका शर्तहरू सामेल हुनेछन्। एलओआरको आधारमा अमेरिकी सरकार औ रक्षा मन्त्रालयले प्रस्ताव र स्वीकृति पत्र (एलओए)-लाई अन्तिम रूप दिनेछ जहाँ उपकरण तथा खरिदका शर्तहरूको विवरणमाथि बातचित गरिनेछ। अमेरिकी सरकारको प्रस्तावित मूल्य औ शर्तहरू अनुसार मूल्यलाई अन्तिम रूप दिइनेछ।
रक्षा मन्त्रालयको भनाइ छ, ड्रोनको मूल्य र खरिदका अन्य शर्तहरूको उल्लेख गर्दै सोशल मीडियाका केही भागहरूमा अटकलबाजी रिपोर्ट प्रकाशमा आएको छ। मन्त्रालयले यसलाई खारेज गर्दै भन्यो, यसप्रकारको अटकलबाजीको उद्देश्य उचित अधिग्रहण प्रक्रियालाई पटरीदेखि तल झार्नु हो। मन्त्रालयले मीडिया संस्थाहरूसित अनुरोध गर्दै भनेको छ, उनीहरूले नक्कली समाचार, गलत सूचना नफैलाओस् जसले सशस्त्र बलहरूको मनोबलमाथि गम्भीर प्रभाव पार्नसक्छ। साथै अधिग्रहण प्रक्रियामाथि पनि प्रतिकूल प्रभाव पर्नसक्छ।
-हिस