भाजपा छोड़ी तृणमूलमा सामेल

00b39409-014d-4c99-8412-45b66ce374af-1

कालचिनीः पञ्चायत चुनाउको निम्ति सबै राजनैतिक दल एवम् प्राथीहरू यसघरी चुनाउ प्रचार गर्न निस्किरहेको बेला दलबदलको क्रम पनि चलिरहेको छ डुवर्समा। दीर्घ लामो समयदेखि मोहन शर्मा पन्थीको रुपमा भाजपामा रहेको गारोपाड़ा निवासी मुन्ना अन्सारीले आइतबार आफ्नो समर्थकहरूसित तृणमूलमा योगदान गरेका छन्। कालचिनीस्थित ब्लक तृणमूल कार्यालयमा तृणमूल ब्लक सभापति बिरेन्द्र बारा उराँव लगायत तृणमूलका नेतृत्वगण असीम पाखरीन, हैदर अली अन्सारी, पवन योल्मो एवम् अन्यान्य नेतृत्वहरूको उपस्थितिमा मुन्ना अन्सारीले भाजपा छोड़दै तृणमूलमा सामेल भएको घोषणा गरेका छन्।
यस क्रममा तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँवले मुन्ना अन्सारी लगायत तिनको समर्थकहरूलाई तृणमूलको झण्डा प्रदान गरेर पार्टीमा स्वागत गरे।
मूलतः आज अलिपुरद्वार जिल्लाको जन्म दिवस पनि मनाईएको क्रममा पार्टीमा योगदान कार्यक्रमले पार्टीको जीत अझै सुनिश्चित भएको दाबी तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँवले गरेका छन्। यता तृणमूलमा सामेल भएका मुन्ना अन्सारीले भाजपालाई गत विधानसभा चुनाउमा सघाएर ठूलो गल्ती गरेको र आज त्यही भाजपाले सयदिने कामको पैसा रोकेर राखेको र देशमा साम्प्रदायिक सद्भाव बिगार्ने काम गरेकोले अब भाजपालाई यसको जवाफ दिनलाई तृणमूलमा सामेल भएको जनाएका छन्।

About Author

Advertisement