बाँध भत्किएर गाउँमा बाढ़ पस्ने आशङ्काले चिन्तित मेचपाड़ा चियाबारीको बासिन्दाहरू

1ffbd104-8fea-4b8d-a20a-23155bb20803

कालचिनीः विगत २५ बर्षदेखि पञ्चायती राज पसेको चियाबारी गाउँहरुले भनेजस्तो पञ्चायती राजको सुख सुविधा नपाईरहेको दुख एकातिर। अर्कोतिर बर्षाकाल मानसुन शुरु हुने बित्तिकै भोटाङ मुहानबाट बगेर आउने डुवर्सको नदी खोला र खोल्साले नदी किनार रहेको गाउँहरूमा बाँध भत्किएर बाढ़ पस्ने समस्याबीच कालचिनी खण्डको चुवापाड़ा ग्राम पञ्चायत अन्तर्गत पर्ने मेचपाड़ा चियाबारीको नीचे लाईन, चिन्ता लाईन, भन्दोला लाईन, प्रेमनगर र ९ नम्बर लाईनका बासिन्दाहरूले यतिखेर पञ्चायत भोटको मुखमा आएर चाँडै बाँध निर्माणको माग गर्न थालेको छ।
पाना र बासरा नदीको पानी पसेर गाउँ विचल्नीमा परेको र भएको बाँध भत्किन्दै गईरहेकोले अब ठूलो बर्षा आए गाउँ नै डुबानमा पर्ने भएकोले चाँडो भन्दा चाँडो बाँध निर्माणको माग गाउँलेहरूले गर्न थालेको छ। मुसलधारे पानी पर्ने बित्तिकै गाउँलेहरू बाढ़ पस्ने चिन्ताले सुत्न नसकेको र बाँधको काम राम्रो अनि शीघ्र नगरीए मेचपाड़ाको आधा गाउँ नै डुबाउमा पर्ने गाउँले समाजसेवी अन्तिम कच्छपले जनाएका छन्। चुनाउ मुखैमा छ सबैलाई मुद्दा चाहिएको बेला यो बाँधको समस्यामाथि कसैले राजनीति नगरीदिने अनुरोध गर्दै गाउँले समाजसेवी महिला रेणु टोप्पो, नगेन्द्र लोहोरा, असरिता लोहार र काजल केरकेट्टाले अनुरोध गरेका छन्।
बर्षाले बासरा र पाना नदीको उफानले चुवापाड़ा एयरफील्डको बाँध भत्किएकोले जम्मै खोला मेचपाड़ा ९ नम्बर लाईन हुँदै झोड़ाबाट प्रेमनगर लाईन, मुन्सी लाईन, चिन्ता लाईन, भन्दोला लाईन, नीचे लाईनमा पसेर बाढ़जन्य परिस्थिति उत्पन्न हुने गरेको र चिन्ता लाईन पछिल्तिरको बाँध पनि भत्किए मेचपाड़ा आधा गाउँ र फ्याक्ट्री गोदाम सबै डुबाउ हुने आशङ्का गाउँलेहरूले गरेका छन्। यता गाउँले युवा समाजसेवी अन्तिम कच्छपले आफू यसपाली निर्दलीय प्रार्थीको रुपमा पञ्चायत समितिमा उभेको र विजयी भए अवश्यै प्राथमिक काम नै बाँध निर्माण हुने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement