जागरण कल्याण समाजको ३१औं स्थापना दिवस समारोह

00-1-A-IMG-20230625-WA0069

सिलगढी: अप्पर शिव ग्राम, लोच नगर रोड, दार्जीलिङ स्थित जागरण कल्याण समाजमा पहिलोचोटि स्थापना दिवस पालना गरियो। सन् १९९३ मा स्थापित भएको समाजले आफ्नो ३१औं स्थापना दिवस भव्यतासाथ स्थानीय समाज भवनमा पालना गर्यो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा दार्जीलिङ नगरपालिकाका उपाध्यक्ष साथै वार्ड न•२३-का नगरपार्षदिका श्रीमती प्रतिभा राई आमन्त्रित थिए भने जागरण कल्याण समाजका वर्तमान अध्यक्ष पेमा तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा मिलन समाज, लोच नगर समाज अनि ज्योतिग्राम समाजका द्वय अध्यक्ष, सचिव अनि समाजसेवी श्रीमती फातिमा मोथे विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। मोजेस त्रिखत्रीले संचालन गरेको कार्यक्रम अतिथिहरूको आसन ग्रहण अनि राष्ट्रिय गीत गाएर आरम्भ भयो। कार्यक्रममा सुश्री प्रियशा थापाले एकल गायन प्रस्तुत गरे भने अश्विन मुखिया अनि श्रीमती प्रिया गुरुङले युगल गीत प्रस्तुत गरे।

सुश्री विज्ञानी राईले स्वागत नृत्य प्रदर्शन गरे भने महासचिव सन्तोष विश्वकर्मले समाजको पक्षमा स्वागत सम्भाषण रखे अनि उपाध्यक्ष श्रीमती रजनी राईले कार्यक्रमका औचित्यबारे प्रकाश पारिन्। कार्यक्रममा रिभाइभल युथ क्लबले जागरण कल्याण समाजको स्थापना अनि विस्तारबारे वृत्तचित्र प्रदर्शन गरे। यसै कार्यक्रममाझ समजका वर्ष २०१६-२०२१ सम्मका एघारजना कार्यकारी परिषदलाई समाज घर निर्माण गर्न पाइला बढाएवापत् सम्बर्द्धना जनाइयो। समाजका संविधान पनि यसै कार्यक्रममाझ विमोचन गरियो।  कार्यक्रमका विशिष्ट अतिथिहरूले कार्यक्रमबारे आफ्नो मत प्रस्तुत गरे अनि सभाध्यक्षले अध्यक्षीय सम्भाषण राखे। यस दिनलाई जागरण कल्याण समाजको आधिकारिक स्थापना दिवस् पनि घोषणा गरियो। अध्यक्षीय सम्भाषणमा नै समाजको पक्षबाट गाउँका कर्मठ युवा अनि विभिन्न सामाजिक र साहित्यिक उपलब्धिहरूका निम्ति मोजेस त्रिखत्रीलाई अभिनन्दन पत्र प्रदान गरियो। तत्पश्चात सबैजनाले मिलेर स्थापना दिवसलाई केक काटेर समापन गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *