‘तर्पण’ रक्तदान शिविरको आयोजना

Capture3-18.png

सिलगढी: राज्य महिला तृणमूल कङ्ग्रेसको आह्वानमा तथा दार्जिलिङ जिल्ला महिला तृणमूल कङ्ग्रेसको सहयोगमा सिलगढी ब्लक १, २ र ३ महिला तृणमूल कङ्ग्रेसको तर्फबाट ‘तर्पण’ स्वैच्छिक रक्तदान शिविरको आयोजना गरियो। सिलगढी कञ्चनजङ्घा स्टेडियमको १० नम्बर गेटमा आज उक्त रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा पार्टी कार्यकर्ता तथा समर्थकहरूले रक्तदान गरे। विशेष गरेर डेङ्गुका रोगीहरूलाई खुनको कमी नहोस् भन्ने उद्देश्य लिएर उक्त शिविरको आयोजना गरिएको हो। शिविरमा संग्रह गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको ब्लड ब्याङ्कमा पठाइनेछ। यस अवसरमा सिलगढीका मेयर गौतम देव, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका चेयरम्यान आलोक चक्रवर्ती, दार्जिलिङ जिल्ला तृणमूल महिला कङ्ग्रेसकी सभानेत्री मिली सिन्हा, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसकी सभानेत्री पापिया घोष, राज्य महिला तृणमूल कङ्ग्रेसका महासचिव सुष्मिता दत्त लगायत अन्य उपस्थित थिए।

About Author

Advertisement