२०० भन्दाअधिक युवाहरू एसडीएफ पार्टीमा सामेल

IMG-20230624-WA0350.jpg

गान्तोक। आज एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङको उपस्थितिमा सिक्किमका विभिन्न क्षेत्रहरूबाट एसकेएमलगायत अन्य विभिन्न पार्टीहरूलाई परित्याग गरी २०० -भन्दा अधिक युवाहरू एसडीएफ पार्टीमा सामेल भए। एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले उनीहरूलाई एसडीएफको झण्डा, दिग्दर्शन र विभिन्न पार्टीसाहित्यहरू प्रदान गर्दै खदा लगाएर पार्टीमा ससम्मान स्वागत जनाए।
वर्तमान एसकेएम सरकारको जनविरोधी, सिक्किमविरोधी क्रियाकलाप र जनतामारा काम देखेर एसकेएम पार्टीका धेरैभन्दा धेरै युवाहरूले एसडीएफ पार्टीको सिक्किम बचाऔं अभियान’-बाट प्रभावित भएर एसडीएफ पार्टीमा सामेल हुने निर्णय गरेको उनीहरूले बताए। पार्टी अध्यक्ष पवन चामलिङले कार्यक्रममा आफ्नो छोटो सम्बोधन राख्दै भने,एसडीएफ पार्टीले २५ वर्ष लगाएर बड़ो मिहिनेतका साथ निर्माण गरेको शान्त, समृद्ध सुखी सिक्किमलाई वर्तमान एसकेएमको यो चार वर्षको दिशाहीन अराजक सरकारले लथालिङ्ग भताभुङ्ग बनाइसकेको छ। सिक्किम र सिक्किमेली जनताको अधिकार, पहिचान अस्तित्व धरापमा पारेको छ। सिक्किम र सिक्किमेली जनताको सम्पत्ति, जग्गा-जमीन, बिजुली उद्योग, वन सम्पदा, धरोहर सबै बाहिरका पूँजीपतिहरूलाई सुम्पिसकेको छ। जनताको हातमा एकै पैसा छैन। विभागमा रिसोर्स छैन। सानो ठेकादारहरुको बील भुग्तानी भएको छैन, विकास निर्माणका काम ठप्प छन्। जनतालाई सुविधा सहुलियत केही दिएको छैन। सिक्किममा एकमुट्ठी मान्छेको लूटतन्त्र चलेको छ। आजको यही सिक्किमलाई देखेर उहाँहरूले एसडीएफ पार्टीमा सामेल हुने निर्णय गरेको छ। यस्तै सही निर्णयले सिक्किमको भविष्य बाँच्नसक्छ। यहाँहरूलाई धेरै धेरै बधाई छ।” उनले अझ भने,एसडीएफ पार्टी सामुहिक नेतृत्वमा चल्ने पार्टी हो। हाम्रो सिद्धान्त हाम्रो लागि प्राणभन्दा प्यारो छ। हाम्रो यही सिद्धान्तको आधारमा तपाईंहर पनि सामुहिक नेतृत्वका नेता-नेत्री हुनुभएको छ। सामुहिक नेतृत्वसँगै सामुहिक जिम्मेवारी पनि हुन्छ। त्यसैले तपाईंहरूले सामुहिक नेतृत्वलाई सामुहिक जिम्मेवारीको रूपमा वहन गरेर जन जनमा सिक्किम बचाउने अभियानलाई पुऱ्याउने काम गर्नुपर्छ। सिक्किमको पहिचान, अधिकार, सुरक्षा विकासको लागि हाम्रो सिक्किमलाई एक भएर बचाउने अभियानमालाग्नुपर्छ। उनले भने,अब २०२४-मा सरकारबन्नसाथएक परिवार एक सरकारी नोकरी’ र `एक व्यक्ति एक पेशा’-लाई नियम बनाएर सरकारी योजनाको निर्माण गर्नेछौं। हाम्रो आगामी दिनमा एकैजना युवा पनि रोजगारविहीन भएर बाँच्नपर्ने अवस्थालाई पूर्ण रूपमा समाप्त पार्नेछौं।
२५ वर्षको हाम्रो सेवाकालमा सिक्किममा सुख-शान्ति थियो, सबैको सुरक्षा भएको थियो, सिक्किमको पहिचान र अस्तित्व बाँचेको थियो, सबैले केही केही साना-ठूला कामधन्दा पाएका थिए, जनताको हातमा पैसा थियो, अफिसमा बजट थियो, अस्पतालमा औषधि थियो, सबै सरकारी विभागपरिपूर्ण थियो, सिक्किम शान्ति सुरक्षा थियो, सिक्किम होँसेको थियो तर आज सिक्किम रोएको छ। एसकेएम सरकार ढाँट्न, लुट्न ढुङ्गामूढ़ा गर्न लागिपरेको छ। सिक्किमको अधिकार श्रीसम्पत्ति बेच्न लागिपरेको छ। सिक्किमलाई अधिकारविहीन बनाउने र गैर सिक्किमेलाई सशक्त सम्पन्ननाउने काममा लागिपरेको छ। त्यसैले सिक्किम बचाउनुपर्छ। तपाईंहरूले जन जनमा सत्य कुरा भन्नुपर्छ। हाम्रो सरकार बन्नासाथ म सिक्किमको सम्मान, शान्ति, सुरक्षा, समानता र प्रजातन्त्र पुनर्बहाली गर्नेछु साथै खोसिएका अधिकार र सम्पत्ति फर्काउने वचन दिन्छु। सिक्किम बाँच्यो भने सिक्किमे बाँच्छ, सिक्किमे बाँच्यो भने हाम्रो भविष्य बाँच्छ। हामीले एकपल्ट सिक्किमलाई मर्ज गर्यौं , अब सबमर्ज हुन दिनुहुँदैन र गर्न दिनेछैनौं। त्यसैले सबैले व्यक्तिगत फाइदाका कुरा छाड़ेर सिक्किम बचाउनुपर्छ अनि हाम्रा आवश्यकताहरू पूरा गर्नुपर्छ’’ उहाँले भन्नुभयो।
“सिक्किम र सिक्किमेली जनताको हितमा बजटको ७०% -भन्दा बढ़्ता धन खर्च गरेर सबै सिक्किमेलाई आत्मनिर्भर बनाउने हाम्रो उदेश्य हुनेछ। हामी ढाणटेर होइन, काम गरेर देखाउने पार्टी हौं। हाम्रा कामहरू नै हाम्रा प्रमाण हुन्। एसकेएम पार्टी २०१९ -मा जनतालाई ढाँटेर सरकार बनायो भने अहिले प्रलोभनको खोक्रो आश्वासन बाँड़ेर जनतालाई खेताला बनाई सरकार बनाउने दाउ गर्दैछ। त्यसैले हामीले एक भएर यस्तो ढाँट कुराको प्रलोभनमा नफँसी सही निर्णय गर्नुपर्छ। फेरि पनि तपाईंहरूको सही निर्णयलाई स्वागत गर्दै तपाईंहरू आजदेखि पार्टीको सहयोद्धा हुनुहुन्छ।’’ उनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement