राजगञ्ज: भाजपा छोडेर २५० परिवार तृणमूल मा सामेल भएका छन्। राजगञ्ज खण्डको पानीकौरी ग्राम पञ्चायत अन्तर्गत भान्दुपाडामा आज एउटा सामेल कार्यक्रमको आयोजना गरेर तृणमूल कङ्ग्रेसको राजगञ्ज ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जी लगायत अन्य नेतृत्वहरूको बाहुलीबाट २५० परिवारले तृणमूलको झण्डा समाए। यस अवसरमा पञ्चायत समितिका प्रार्थी सर्वानी धारा, पञ्चायत प्रार्थी दिपाली राय लगायत अन्य स्थानीय नेतृत्वहरू उपस्थित थिए यस विषयमा तृणमूलका राजगञ्ज ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जीले भने, आज राजगञ्ज ब्लकको पानीकौरी ग्राम पञ्चायतका पीएस १२ भान्डुपाडा बुथमा एउटा सामेल कार्यक्रमको आयोजना गरियो। भाजपा छोडेर लगभग २५० परिवार तृणमूलमा सामेल भएको छ।










