नेपाललाई पराजित गरी भारत साफ च्याम्पियनशीपको फाइनलमा

IMG-20230624-WA0338.jpg

२४ जूनः भारतले नेपाललाई पराजित गरी साफ फूटबल च्याम्पियनशीपको सेमिफाइनलमा स्थान बनायो। शनिवार बेंगलुरुको कान्तीर्वा स्टेडियममा खेलिएको म्याचमा भारतले नेपाललाई २-०-ले पराजित गऱ्यो। यो भारतको लगातार दोस्रो जीत हो। म्याचमा ६३ प्रतिशत पोजेशनको साथ खेल्ने भारतीय टीमबाट कप्तान सुनिल छेत्रीले ६१औं अनि नाओरेम महेश सिंहले ७०औं मिनटमा गोल गरे। भारतले यसअघि आफ्नो पहिलो म्याचमा पाकिस्तानलाई ४-०-ले पराजित गरेको थियो। भारतले अब २७ जूनको दिन खेलिने म्याचमा कुवैतको चुनौती स्वीकार्नेछ। यसअघि आज खेलिएको अन्य एउटा म्याचमा कुवैतले पाकिस्तानलाई ४-०-ले पराजित गऱ्यो।

About Author

Advertisement