खरसाङको पाण्डु ग्राम पञ्चायतमा भाजपाको प्रार्थी रमित लेप्चा जनताको पक्षमा खड़ा हुने

IMG-20230624-WA0304.jpg

खरसाङ: यसपल्टको पञ्चायत चुनाउमा खरसाङ खण्डको पाण्डु ग्राम पञ्चायत अन्तर्गत रहेको अम्बटे चियाबारीस्थित पाँचघरे गाउँ, स्प्रीङ साइड, करबीर अनि मन्टिभियट चियाबगान बुथबाट पञ्चायत समितिको निम्ति गठबन्धन दलको पक्षबाट भाजपाको टिकटमा खडा भएकी अम्बटे चियाबारी, पाँचघरे निवासी भाजपा प्रार्थी रमित लेप्चाले यसपालीको चुनाउमा तिनी जनताको आवाज बनेर खडा भएको जनाएकी छन्। तिनले आफूले जितेर गएको खण्डमा निमुखा जनताको हक, अधिकार र सहुलियतको निम्ति लड्ने वाचा गर्दै नारी सशक्तिकरण अनि उनीहरूको हक, अधिकारको निम्ति सक्रिय भएर अघि आउने जनाइन्। लेप्चाले भ्रष्टाचार मुक्त समाजको निर्माण गर्न प्रत्येक युवावर्ग यसरी अघि आउनुपर्छ भन्दै भारतीय जनता पार्टीले यसरी तिनलाई पार्टीको टिकट दिएर सम्मान जनाएको आभार प्रकट गरिन्। तिनले यो सम्मान पार्टीले अम्बटे, स्प्रीङ साइड, करबीर अनि मन्टिभियट चियाबारीका सोझा, खटीखाने श्रमिक जनता, यहाँका युवावर्ग, महिला अनि बाल-बालिकाहरूलाई गरेको सम्मान हो भन्दै अब हामी सबै मिलेर यसको कदर गर्नुपर्छ भनी जनाइन्।

About Author

Advertisement